मोरङ : मोरङ जहदा गाउँपालिका ३ जयरामपुर बस्ने रबिया ऋषिदेवको १० वर्षीय छोरा गोलु ऋषिदेवको खोलामा डुबेर मृत्यु भएको छ ।
शुक्रबार साथीहरुसंग खद्रा खोलामा पौडी खेल्न गएको बेला डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पौडी खेल्ने क्रममा डुबेर घाइते भएको भन्ने जानकारी प्राप्त हुनसाथ प्रहरी चौकी मझारेबाट प्रहरी टोली खटि गई घाइते बालकलाई उपचारको लागि कोशी अस्पताल विराटनगरमा लगिएपनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post