बराहक्षेत्र : सुनसरीको बराहक्षेत्रमा एक महिलाको शव फेला परेको छ ।
बराहक्षेत्र ४ स्थित नयाँ पुल खोरियामा एक महिलाको शव फेला परेको हो । अन्दाजी ६५ वर्षीया महिलाको शव नहरको पानीमा बिहान डुबेको अवस्थामा भेटिएको हो ।
महिलाको सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय महेन्द्रनगर प्रहरी निरीक्षक पाण्डव राजवशीले जानकारी दिए । उनका अनुसार स्थानीयले पानीमा डुबेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए
। घटना सम्बन्धमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post