धरान : धरानमा कोरोना संक्रमण तीव्र गतिमा बढ्दै गएपछि १० दिन पूर्ण एवं कडा लकडाउन गर्नका लागि सिफारिस गरिएको छ ।
आज सोमबार धरान उपमहानगरपालिकामा सुनसरीका प्रजिअ उमेशकुमार ढकाल तथा सुरक्षा अधिकारीहरुसहित बसेको सर्वदलीय बैठकले भदौ ४ गतेदेखि १३ गतेसम्म पूर्ण लकडाउन गर्न सिफारिस गरेको हो ।
बैठकले भदौ ३ गतेसम्म तयारी गर्ने र ४ गतेदेखि १३ गतेसम्म निषेधाज्ञा जारी गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।
बैकठमा मेयर तिलक राईले पूर्ण लकडाउन गर्न आफूहरुको बाध्यता भएको बताए । लकडाउनबारे मंगलबार अर्को बैठक बसेर निर्णय गरिने उनले बताए ।













Discussion about this post