धरान : अन्ततः धरान उपमहानगरपालिकाले भदौ ४ गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ ।
आज (मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले भदौ ४ गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो ।
आज बसेको कार्यपालिका बैठकले भदौ ४ गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गर्दै डीसीसीएमसीलाई सिफारिस गरेको मेयर तिलक राईले जानकारी दिए ।
लकडाउन अवधिमा औषधि पसल मात्र खोल्न पाइनेछ । बजार, पसल तथा यातायात सबै पूर्णरुपमा बन्द गर्ने निर्णय भएको उपमहानगरपालिकाले जनाएको छ । तरकारी पसल पनि बन्द गरिनेछ ।
सर्वसाधारणहरुलाई ३ दिन आवश्यक सामान खरिद गर्न वा आफ्नो कार्यहरु सम्पन्न गर्न उपमहानगरपालिकाले आग्रह गरेको छ ।
सोमबार प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको उपस्थितिमा आयोजना गरिएको सर्वदलीय तथा सर्वपक्षीय बसेको बैठकले धरानमा दश दिन लकडाउन गर्न सिफारिस गरेको थियो ।
लकडाउन अवधिभर प्रहरी प्रशासनसँग समन्वय र परिचालन गरी कडाईका साथ लागू गर्ने, लकडाउनलाई कडाईका साथ कार्यान्यन गर्न सबै वडाका टोल विकास संस्थाहरु समेत परिचालन गर्ने निर्णय भएको छ ।
यस्तै, प्रभावकारी अनुगमनको व्यवस्था मिलाउने, पीसीआर टेष्ट, एन्टिजेन्ट टेष्टलाई बढाउने, लकडाउन व्यवस्थापन गर्न वडा नं. १४, १५, १६ र १७ का वडाध्यक्षहरु समेत रहने गरि एक समन्वय समिति गठन गर्ने निर्णय गरेको छ ।














Discussion about this post