इटहरी : सुनसरीको देवानगंज गाँउपालिका २ मध्यहर्षाही पेट्रोल पम्प नजिक बाट नेपाली नक्कली जाली नोट सहित २ जना पक्राउ परेका छन् ।
आज बिहान इलाका प्रहरी कार्यालय देवानगंजबाट गएको प्रहरी टोलिले BR50-S-8406 नम्वरको मोटरसाईकलमा सवार आएका उनिहरुलाई रोकेर चेकजाच गर्ने क्रममा नेपाली नक्कली नोट सहित प्रकाउ परेका हुन् ।
प्रकाउ पर्नेमा रामनगर बस्ने वर्ष ४० को भारतिय नागरिक नवल किशोर पाल र अर्का वर्ष ३२ को सुमन पाललाई रहेका छन् ।
उनीहरुको साथमा रु १०० दरको नेपाली नक्कली जाली नोट थान १६ फेला परेको हो ।
नेपाली नक्कली जाली नोट सहित पक्राउ परेका दुवै जनालाई मुलुकी अपराध संहिता ऐन मुद्रा सम्वन्धि कसुरमा अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।














Discussion about this post