खोटाङ : जिल्ला प्रहरी कार्यालय खोटाङले १५ केजी गाजाँसहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्लाको हलेसी तुवाचुङ नगरपालिका ७ हलेसीबजारस्थित कात्तिकेका ५७ वर्षीय मगम राईलाई प्रहरीले शनिबार साँझ गाँजासहित पक्राउ गरेको हो ।
पक्राउ परेका राईले प्रतिबन्धित लागूऔषध गाँजा घरमा लुकाइ राखेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको टोलीले उनको घर खान तलासी गर्दा फेला पारेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सागर साहले जानकारी दिए ।
पक्राउ परेको राईलाई आइतबार लागूऔषध सम्बन्धी मुद्दा दर्ता गरेर कारबाही सुरु गरिएको प्रहरीले जनाएको छ ।












Discussion about this post