मोरङ : मोरङको बेलबारी नगरपालिका ११ जुरेमा एक महिलाको शव भेटिएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार बारीमा मृत्यु भएको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीका अनुसार बेलबारी ११ की ५८ वर्षीया कविता बुढाथोकी घरनजिकको मकैबारीमा मृत अवस्थामा फेला परेकी थिइन् ।
डीएसपी श्रेष्ठले मृत्युको कारण खुल्न बाँकी रहेको र शव पोस्टमार्टमका लागि उर्लाबारीको मङ्गलबारे अस्पताल लगेर घटनाका बारेमा अनुसन्धान थालिएको जानकारी दिए ।














Discussion about this post