विराटनगर : प्रतिबन्धित औषधिसहित विराटनगरबाट एक युवा पक्राउ परेका छन् ।
विराटनगर महानगरपालिका वडा नं १२ बाट ३० बर्षीय मेहमद अम्जाद अलीलाई प्रतिबन्धित औषधिसहित पक्राउ गरिएको हो ।
भारतको जोगवनीबाट ठुलो परिमाणमा प्रतिबन्धित औषधि विराटनगरतर्फ ल्याइरहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । उनको साथबाट बरामद भएको प्रतिबन्धित औषधिको मूल्य २ लाख ६९ हजार २२२ रहेको प्रहरीको भनाइ छ ।
उनको साथबाट इफिकेक्स ५ कार्टुन (३६० पिस) बरामद गरिएको छ । यस्तै, माइक्रोसट १ काटुर्न (१८ पिस) र एन बिमेलक्स ७ कार्टुन (५०४ पिस) बरामद भएको छ ।
पक्राउ परेका उनलाई आवश्यक कारबाहीको लागि औषधि व्यवस्था विभाग विराटनगरमा बुझाइएको प्रहरीले जनाएको छ ।













Discussion about this post