खोटाङ : खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ कांडेका ३३ वर्षीय गिरीराज थापाको हत्यामा संलग्न रहेका उनकै भाइ २२ वर्षीय नारायण थापा र भतिजा १५ वर्षीय रुपन थापा पक्राउ परेका छन् ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार गत भदौ ९ गते घरबाट हिँडेका गिरीराज घर नआएपछि खोजतलास गर्ने क्रममा बिहीबार घर नजिकैको बारीमा मृत अवस्थामा फेला परेका थिए ।
घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी टोली खटिई अनुसन्धान थालेको थियो ।
अनुसन्धानबाट प्रहरीले बिहीबार नै मृतकका भाइ नारायण र भतिजा रुपनलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुले घरयासी विवादका कारण भैसीँ बाँध्ने प्लाष्टिकको डोरीले घाँटीमा कसेर हत्या गरेको स्वीकार गरेका छन् ।
उनीहरुमाथि कर्तब्य ज्यान मुद्धामा कानुनी कारबाही अगाडि बढाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post