Monday, November 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

धरान उपमहानगरपालिका वडा नं. १ को भवन शिल्यानास

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ ११, २०७८
in विविध, समाचार
0
धरान उपमहानगरपालिका वडा नं. १ को भवन शिल्यानास
168
SHARES
Share on FacebookShare on Twitter

धरान : धरान उपमहानगरपालिका वडा नं. १ को आफ्नै वडा कार्यालय भवन बन्ने भएको छ ।

शुक्रबार एक कार्यक्रमका बीच मेयर तिलक राईको अध्यक्षतामा १ नं. प्रदेशसभाका प्रतिपक्ष दलका नेता एवं कांग्रेस सुनसरी जिल्ला सभापति राजीव कोइरालाले वडा कार्यालय भवनको शिल्यानास गरेका हुन् ।

शिल्यानास कार्यक्रममा उपमेयर मञ्जु भण्डारीले नगरपालिकाको विकासमा नागरिकको ठूलो भूमिका रहेको बताइन् । उपमहानगरपालिकाले जनतालाई सुविधा दिनका लागि चेक हस्तान्तरण, राजस्व लगायत कार्य वडाबाटै सुरु गरिएको उपमेयर भण्डारीले बताइन् ।

मेयर राईले वडा कार्यालयको भवन निर्माणपछि जनतालाई सेवा दिन थप सहज हुने बताए । क्षयरोग कार्यालय भवनलाई समेत व्यवस्था गर्नेगरी वडा कार्यालय भवन निर्माण गर्न लागिएको मेयर राईले बताए । जिल्ला समन्वय समितिबाट यसअघि नै बजेट आएको भए समयमै वडा कार्यालय भवन निर्माण हुने बताउँदै मेयर राईले समयमै भवन निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिए ।

उपमहानगरपालिकाका बरिष्ठ इञ्जिनियर सुरज श्रेष्ठले धरानको २० वटा वडामध्ये ६ वटा वडाको भवन बन्न बाँकी रहेको जानकारी दिए ।

वडा नं. १, २, ३, ४, ११ र १२ को भवन बन्न बाँकी रहेको उनले बताए । उनका अनुसार उक्त भवन निर्माणका लागि ठेकेदार कम्पनी दीपादिल कन्सट्रक्सनसँग (भ्याट पि. एस र कन्टिजेन्सिस समेत) १ करोड २३ लाख ५९ हजार १ सय ७६ रुपैँया ९७ पैसामा सम्झौता भएको छ ।

उक्त वडा कार्यालय भवन जिल्ला समन्वय समितिको ५० लाख रुपैँया र नगरपालिको ७३ लाख ५९ हजार १ सय ७६ रुपैँया ९७ पैसामा साढे दुईतलाको बन्नेछ । कन्सट्रक्सनसँग ०७९ वैशाख १ गतेसम्म भवन सम्पन्न गर्ने सम्झौता भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेता कोइरालाले यथाशीघ्र सवै वडामा भवन निर्माण गर्नका लागि सुझाव दिएका थिए ।

सांस्कृतिक, धार्मिक र वौद्धिकताको हिसाबले धरान धेरै अगाडि रहेको उनको तर्क छ । उनले भने, ‘पूर्वाधारको हिसाबले प्रदेशको राजधानी धरान बनाउन उत्कृष्ट थियो, तर त्यो भएन ।’

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशीटप्पुमा भेटिए ७६ प्रजातिका नौ हजार दुई सय ५० चरा
FEATURE BREAKING

हिमाल नाघेर आउने चराको यात्रा सङ्कटमा, घट्दै नेपालमा आगमन

by टाकुरा न्यूज । इटहरी
कार्तिक २९, २०८३
0

मोरङ : जलवायु परिवर्तन, सिमसार क्षेत्रको विनाश र मानव अतिक्रमणका कारण सगरमाथा तथा हिमालय पार गरेर नेपाल भित्रिने हिउँदे आगन्तुक (बसाइँसराइ...

मोरङमा ग्यास चुहावटको आगोले खोस्यो ३० वर्षीया सुरक्षाको जीवन
विविध

मोरङमा ग्यास चुहावटको आगोले खोस्यो ३० वर्षीया सुरक्षाको जीवन

by टाकुरा न्यूज । इटहरी
कार्तिक २९, २०८३
0

मोरङ : भान्छामा भएको ग्यास चुहावटबाट सल्किएको आगोले मोरङको रतुवामाई नगरपालिका–९ भौडा टोलकी ३० वर्षीया सुरक्षा भट्टराईको जीवन खोसेको छ...

तमोर कोरिडोरले तान्यो यात्रु, राँके बजारमा घट्यो व्यापार

तमोर कोरिडोरले तान्यो यात्रु, राँके बजारमा घट्यो व्यापार

कार्तिक २९, २०८३
सुनसरीका एकसहित दुईजना फरार प्रतिवादी पक्राउ

कोशीमा २७ जना फरार प्रतिवादी पक्राउ

कार्तिक २९, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापामा गाउँ पसे हात्तीको बथान, धान भित्र्याउन किसानलाई हतारो

कार्तिक २७, २०८३
पाँचथरमा निर्माण गरिएको आलु स्तम्भ

पाँचथरमा निर्माण गरिएको आलु स्तम्भ

कार्तिक २७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशीटप्पुमा भेटिए ७६ प्रजातिका नौ हजार दुई सय ५० चरा

हिमाल नाघेर आउने चराको यात्रा सङ्कटमा, घट्दै नेपालमा आगमन

कार्तिक २९, २०८३
मोरङमा ग्यास चुहावटको आगोले खोस्यो ३० वर्षीया सुरक्षाको जीवन

मोरङमा ग्यास चुहावटको आगोले खोस्यो ३० वर्षीया सुरक्षाको जीवन

कार्तिक २९, २०८३
तमोर कोरिडोरले तान्यो यात्रु, राँके बजारमा घट्यो व्यापार

तमोर कोरिडोरले तान्यो यात्रु, राँके बजारमा घट्यो व्यापार

कार्तिक २९, २०८३
सुनसरीका एकसहित दुईजना फरार प्रतिवादी पक्राउ

कोशीमा २७ जना फरार प्रतिवादी पक्राउ

कार्तिक २९, २०८३



लाेकप्रिय

  • यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    1089 shares
    Share 436 Tweet 272
  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    846 shares
    Share 338 Tweet 212
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    516 shares
    Share 206 Tweet 129
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    385 shares
    Share 154 Tweet 96
  • ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

    337 shares
    Share 135 Tweet 84

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.