मोरङ : लागूऔषध मुद्धाका फरार प्रतिवादीलाई गाँजासहित प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका ५ का ६१ वर्षीय राजनारायण भन्ने लव नारायण माझी रहेका छन् । गत भदौ १० गते १ नम्बर प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले उनलाई घरैबाट लागूऔषध गाँजा ४ केजी ३०० ग्राम र नगद ५० हजारसहित पक्राउ गरेको हो ।
उनी मोरङ जिल्ला अदालतको २०७५ पुस ५ गतेको फैसलाले लागूऔषध मुद्दामा ६ महिना ५ दिन कैद र जरिवाना तीन हजार ठहर भएका फरार प्रतिवादी हुन् ।
उनलाई इलाका प्रहरी कार्यालय बेलबारीले लागूऔषध कसूरमा म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ ।












Discussion about this post