इटहरी (डेस्क) : प्रदेश १ का दुई छुट्टाछुट्टै जिल्लामा भएको घटनामा दुईको मृत्यु भएको छ ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार उदयपुर कटारी नगरपालिका २ मिलन चौकका पोष्टबहादुर मगरको छोरा ७ वर्षीय कर्ण मगरको पहिरोले पुरिएर मृत्यु भएको छ ।
शुक्रबार दिउँसो घरदेखि अन्दाजी ४०० मिटरमा रहेको खहरे खोलामा गई खेल्ने क्रममा माथिबाट पहिरो झरी पुरिएर गम्भीर घाइते भएका उनको उपचारको लागि कटारी अस्पताल लैजाँदा बाटैमा मृत्यु भएको हो। घटनास्थलमा इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी टोली खटिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, खोटाङ हलेसी तुवाचुङ नगरपालिका ८ धितुङ कि ४२ वर्षीया पार्वती राईको लडेर मृत्यु भएको छ ।
शुक्रबार बेलुका सोही स्थानमा रहेको खुरीखोला जंगलमा घाँस काट्न क्रममा भीरबाट ३० मिटर तल खसेर गम्भीर घाइते भएकी राईलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे इलाका प्रहरी कार्यालय हलेसीले थप अनुसन्धान गरिरहेको छ ।











Discussion about this post