मोरङ : मोरङको उर्लाबारी नगरपालिका १ स्थित झारासादीका एक युवा प्रतिबन्धित औषधिसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा २० वर्षीय उमेश धिमाल रहेको प्रहरीले जनाएको छ । उनलाई शनिबार राति १२ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले घरबाटै पक्राउ गरेको हो ।
उनको घरमा खानतलासी गर्दा धिमाल सुत्ने कोठाबाट प्रतिबन्धित औषधि फेला परेको थियो । धिमालको कोठामा ट्रामाडोल ५७५ ट्याब्लेट र स्पासपेन ५७० ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post