मोरङ : मादक पदार्थ सेवन गरी खोला तर्ने क्रममा मोरङको केराबारी गाउँपालिकामा एक युवकको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर सरोज खनालका अनुसार मृत्यु हुनेमा केराबारी गाउँपालिका १० का ३८ वर्षीय धनबहादुर निरौला रहेका छन् ।
खदम खोला तर्ने क्रममा मापसे गरेका कारण शरीर नियन्त्रण नहुँदा बाढीले बगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
मृतकको शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











Discussion about this post