धरान : धरानका एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार उपचारको क्रममा आज दिउँसो २ बजे धरान १२ का ३४ वर्षीय पुरुषको मृत्यु भएको हो । मृतकलाई भदौ ३ गते संक्रमण पुष्टि भएको थियो भने भदौ १० गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।
मृतकको शव नियम अनुसार व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ ।














Discussion about this post