उदयपुर : उदयपुरको ताप्ली गाउँपालिका २ लेखगाउँमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवालाई पक्राउ गरेको छ ।
ताप्ली गाउँपालिका २ लेखगाउँकै ३२ वर्षीय राकेश राईलाई बालिका जबरजस्ती करणी गरेको अभियोगमा इलाका प्रहरी कार्यालय कटारीले पक्राउ गरेको हो ।
राईमाथि १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, त्रियुगा नगरपालिका १२ सोनापुरका ४० वर्षीय आनन्द चौधरीलाई १४ वर्षीया बालिका जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको छ ।
चौधरीले बालिकालाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।












Discussion about this post