इटहरी : प्रदेश १ मा १० जना सांसदले नेकपा एमालेबाट टुक्रिएको नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन् । बुधबार दिउँसो प्रदेश निर्वाचन कार्यालय विराटगनरमा १० जना सांसदले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका हुन् ।
यसरी एमालेबाटै फुटेर समाजवादीमा जाने सांसदमा भोजपुरका राजेन्द्र राई, खोटाङका राजन राई, मोरङकी सावित्रा रेग्मी, इलामकी खिनु लङ्वा लिम्बू, पाँचथरका गणेश काङ्माङ, उदयपुरकी सुनिता चौधरी, संखुवासभाकी सरिता थापा र पदमकुमारी गुरुङ तथा मोरङका सांसद उपेन्नद्र घिमिरे र कृष्णकुमारी राई रहेका छन् ।
यसअघि निर्वाचन आयोगले भदौ २२ सम्म दल रोज्ने समयसीमा तोकेपछि एमाले सांसदहरुले बुधबार निर्वाचन कार्यालयमा गएर आफ्नो सनाखत गरेको बताएका छन् ।
एमालेका १० जना प्रदेश सांसदहरुले एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री भीम आचार्यको सरकार अल्पतमतमा परेको छ । मुख्यमन्त्री आचार्यले बहुमत गुमाएसँगै उनले विश्वासको मत पाउनसक्ने अवस्था देखिदैँन ।
कुल ९३ जना प्रदेश सभामा एमालेका ५१ जना सांसदहरु थिए भने कांग्रेसको २१, माओवादी केन्द्रका १५, जसपाको ३ सांसद, सघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाको १, १ जना सांसद छन् ।
अब एमालेका १० सांसदहरु नेकपा एकीकृत समाजवादीमा गएसँगै गठबन्धनमा बहुमत छ ।
मुख्यमन्त्री आचार्यलाई विश्वासको मत पाउनका लागि ४७ सांसदको मत चाहिन्छ । बुधबार एकीकृत समाजवादीमा १० जना सांसदले सनाखत गराएसँगै अब एमालेमा सभामुखसहित ४१ सांसद मात्र रहेका छन् ।
आचार्य गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका थिए ।












Discussion about this post