धरान : धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुधारको माग गर्दै आन्दोलनरत संयुक्त संघर्ष समितिले आइतबारदेखि इमर्जेन्सी बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने चेतावनी दिएको छ ।
प्रतिष्ठानको समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन कार्यदलले तयार पारेको स्थलगत प्रतिवदेन सार्वजनिक भइसक्दा पनि दोषी देखिएकामाथि कुनै कारबाही नभएको भन्दै संघर्ष समितिले आकस्मिक सेवा, कोभिड र यसअघि तय भएका परीक्षा बाहेक अन्य सेवा बन्द गर्ने चेतावनी दिएको हो ।
स्वास्थ्य मन्त्रालयद्वारा गठित वार्ता टोलीले समेत सोही प्रतिवेदनका आधारमा पदाधिकारी बर्खास्त गर्ने लगायत ६ बुँदे सहमति गरेको थियो ।
सहमति भएको ३० दिन बितिसक्दा पनि कार्यान्वयन नभएपछि संघर्ष समितिले गत शुक्रबार एकहप्ते अल्टिमेटम दिएको थियो । उक्त अल्टिमेटम शुक्रबार सकिने र आइतबारदेखि थप कडा आन्दोलन गर्ने संघर्ष समितिले जनाएको छ ।
प्रतिष्ठान शुद्धीकरणको माग गर्दै संयुक्त संघर्ष समिति विगत ८० दिनदेखि आन्दोलन गर्दै आएका छन् ।












Discussion about this post