धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा चिकित्सकको लापारबाहीका कारण एक महिलाको मृत्यु भएको छ ।
शनिबार बिहान प्रतिष्ठानको आकस्मिक कक्षमा धरान वडा नं। २० विष्णुपादुकाकी ४१ वर्षीय फूलमाया राईको मृत्यु भएको हो । उपचारमा लापारबाही गर्ने चिकित्सकहरु र कर्मचारीहरुलाई कारबाही गर्नुपर्ने पीडित पक्षको माग छ ।
भदौ १७ गते बिहीबार बिहान देखि नै पेट दुख्ने र बान्ता हुन थालेपछि बिरामीलाई उपचारको लागि प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएको थियो ।
बिहीबार बेलुका ५ बजे उपचार गराउँदा बिरामीको दुई वटै मिर्गौलामा भिडियो एक्सरेबाट १५३ एम.एम.को र पित्तथैलीमा ७ एम.एम.को पत्थर देखिएको थियो । उपचार गराउँदा सम्बन्धित चिकित्सकको उपस्थित नभएको, राम्रोसँग बिरामीको उपचार नगरी शुक्रबार डिस्चार्ज पुर्जी दिएको पीडित परिवारले जनाएका छन् ।
बिरामीलाई घरमा लगेर प्रेप्सक्रिप्सन गरिएको औषधिहरु सेवन गराउँदा बिरामीको अवस्था खराब हुँदै गएका कारण पुनः प्रतिष्ठानको आकस्मिक कक्षमा नै भर्ना गरिएको थियो । आज बिहान ३ बजे आकस्मिक कक्षमा भर्ना गरिने बित्तिकै महिलाको मृत्यु भएको पीडित परिवारका आफन्तको भनाइ छ ।
मृतक महिलाकी नन्द दुर्गा राईले लापारबाही गर्ने चिकित्सकमाथि कडा कारबाही तथा छानबिन गर्नुपर्ने माग राख्दै इमरजेन्सी अस्पतालका डेपुटी डाईरेक्टर दिव्यराज मिश्रलाई दरखास्त पत्र बुझाएको बताइन् ।
उनले स्वास्थ्य मन्त्रालय काठमाडौं, सामाजिक विकास मन्त्रालय प्रदेश १ विराटनगर, धरान उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय सुनसरी, जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय धरान, नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल एसोसियन धरान शाखालाई बोधार्थ पत्र बुझाएको जानकारी दिइन् ।
प्रतिष्ठानमा चिकित्सकको लापारबाहीको कारण महिलाको निधन भएको खबर भएपछि धरानका मेयर तिलक राईले तुरुन्तै छानबिन गर्नुपर्ने बताउँदै छानबिन समितिले पीडित पक्षलाई वार्तामा बोलाएर छलफल गर्नुपर्ने बताए ।
पीडित पक्षले छानबिन समितिले वार्तामा नबोलाएसम्म मृतक महिलाको शव नलाने अडान लिएका छन् । शव मर्चरीमा लगेर व्यवस्थापन गरिएको छ । प्रतिष्ठानले भने पीडित पक्षसँग आइतबार ९भोलि० वार्तामा बस्ने आश्वासन दिएको छ ।












Discussion about this post