झापा : आफ्नै दाजुको हत्या गरी फरार रहेका झापा कचनकवल ३ का ३७ वर्षीय रतन राजबंशीलाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो (आइतबार) बिहान साढे ७ बजे कचनकवल गाउँपालिका ३ केचना घर भई हाल बिर्तामोड नगरपालिका ४ मा डेरा गरी बस्ने ५० वर्षीय भात्रु राजबंशी आफू सुत्ने कोठाभित्र मृत अवस्थामा रहेको प्रहरीलाई जानकारी थियो ।
जानकारी प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिई बुझ्दा हत्या भएको आशंकामा अनुसन्धान गर्ने क्रममा उनकै भाई रतन राजबंशीले मार्तलले हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।
दाजुको हत्या गरी फरार रहेका रतनलाई खोजतलासमा खटिएको प्रहरी टोलीले मेचीनगर १५ बाट मार्तलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई जिल्ला अदालत झापाबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post