इटहरी : सन नेपाल लाइफ इन्स्योरेन्सले बीमितलाई मृत्युबापतको रकम हस्तान्तरण गरेको छ ।
इटहरी शाखाद्वारा सुन्दरहरैँचा १२ स्थित मृत्युदाबी भुक्तानी कार्यक्रम आयोजना गरेको हो। बीमित रमेश कुमार खड्काको केही दिनअघि मृत्यु भएको थियो । उनले ११ महिना अगाडि १,५००० बीमाङ्कको बीमा गगरेका थिए ।
इन्स्योरेन्सका इटहरी शाखा प्रमुख मोहनप्रसाद अधिकारीका अनुसार मृतकको काजकिरिया खर्च बापत ३७ हजार पाँच सय र मासिक तीन हजारका दरले तीन महिनाको नौ हजार र पढाइ खर्च गरी ४६ हजार पाँच सयको चेक पीडित परिवारलाई हस्तान्तरण गरिएको थियो ।
कम्पनीले सहज र सरल ढंगले बीमितको घरमा नै भुक्तानी गरेको उनले बताए ।
Discussion about this post