नेपालमा थप १,७६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १,२२० जना संक्रमणमुक्त भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।
बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८० हजार ८२४ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार ९९१ पुगेको छ भने ७ लाख ४३ हजार ५२६ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ३०७ जना रहेका छन् ।
यस्तै १० वर्ष मुनिका ३३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय जना कोरोना संक्रमित थपिएका छन् ।














Discussion about this post