इटहरी : इटहरीमा ४२ सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ४८८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये झापाको बिर्तामोडमा ४१, अर्जुनधारामा २७, कनकाईमा १८, दमकमा १५, शिवसताक्षी र मेचीनगरमा १०–१०, बुद्धशान्ति र भद्रपुरमा ६–६, बाहृदशी र हल्दिबारीमा ४–४, कमल गाउँपालिकामा ३, गौरादह र झापा गाउँपालिकामा २–२ जना छन् ।
यस्तै, मोरङको विराटनगरमा ७२, सुन्दरहरैँचामा २०, पथरीशनिश्चरेमा १०, उर्लाबारीमा ७, केराबारीमा ५, रतुवामाईमा २, बेलबारी, लेटाङ, रंगेली, धनपालथान, बुढीगंगा र कटहरीमा १–१ जनामा संक्रमण देखिएको छ ।
यता, सुनसरीको इटहरीमा ४२, धरानमा ११, रामधुनीमा ४, हरिनगरमा २, इनरुवा र देवानगञ्जमा १–१ जना छन् ।
यस्तै, धनकुटाको धनकुटा नगरपालिकामा ३, छथर र पाख्रिबासमा १–१, इलामको इलाम नगरपालिकामा ३, सूर्योदय र चुलाचुलीमा १–१, भोजपुरको भोजपुर नगरपालिका, उदयपुरको कटारी र संखुवासभाको खाँदबारीमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज २६१ जना कोरोना संक्रमणमुक्त भएका छन् संक्रमणबाट ५ जनाको मृत्यु भएको छ ।














Discussion about this post