इटहरी : इटहरीमा ३७ सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये मोरङको विराटनगरमा ५७, बेलबारीमा १०, बुढीगंगामा ९, सुन्दरहरैँचामा ७, ग्रामथानमा ४, कानेपोखरीमा ३, कटहरी, केराबारी र मिक्लाजुङमा २–२, सुनबर्षी, उर्लाबारी, रंगेली र रतुवामाईमा १–१ जना छन् ।
यस्तै, सुनसरीको इटहरीमा ३७, धरानमा १६, इनरुवामा ५, रामधुनीमा ४, बराहक्षेत्र र स्थानीय तह नखुलेका १–१ जना छन् ।
यसैगरि, झापाको भद्रपुरमा ६, दमकमा ४, मेचीनगरमा २, अर्जुनधारा, बिर्तामोड, हल्दिबारी, कनकाई र झापा गाउँपालिकामा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ३, महालक्ष्मीमा २, चौवीसे, पाख्रीबास, शहिदभूमी, र छथर जोरपाटीमा १–१, भोजपुरको भोजपुर नगरपालिका र तेहृथुमको म्याङलुङमा २–२, संखुवासभाको पाँचखपनमा १ र प्रदेश १ बाहिरका ३ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३८० जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट ६ जनाको मृत्यु भएको छ ।














Discussion about this post