इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप २१६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये झापाको दमकमा १९, बिर्तामोडमा १६, अर्जुनधारामा १३, कनकाईमा १२, शिवसताक्षीमा ११, मेचीनगर र भद्रपुरमा ६–६, बाहृदशी र बुद्धशान्तिमा २–२, कचनकवल, कमल गाउँपालिका र झापा गाउँपालिकामा १–१ जना छन् ।
यस्तै, सुनसरीको धरानमा १९, इटहरीमा ४, देवानगञ्ज, बराहक्षेत्र, दुहवी र इनरुवामा १–१ जना संक्रमित थपिएका छन् ।
यस्तै, मोरङको विराटनगरमा १५, बुढीगंगामा ३, उर्लाबारीमा २, कटहरी र सुनबर्षीमा १–१, इलामको इलाम नगरपालिका, सूर्योदय र माईमा २–२, धनकुटाको धनकुटा नगरपालिका छथरजोरपाटी र पाख्रिबासमा १–१, भोजपुरको भोजपुर नगरपालिकामा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा पछिल्लो २४ घण्टामा २८० जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट ५ जनाको मृत्यु भएको छ ।














Discussion about this post