Wednesday, June 10, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

मोरङमा ‘खुन डाँका’ मुद्दाका अभियुक्त ३६ वर्षपछि पक्राउ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज २, २०७८
in विविध, समाचार
0
मोरङमा ‘खुन डाँका’ मुद्दाका अभियुक्त ३६ वर्षपछि पक्राउ
278
SHARES
Share on FacebookShare on Twitter

मोरङ : जघन्य अपराध गरेर फरार भएका एकजना अभियुक्तलाई मोरङ प्रहरीले ३६ वर्षपछि पक्राउ ग¥यो ।

प्रहरीले ‘खुन डाँका’ मुद्दामा सर्वस्वसहित जन्मकैदको सजाय तोकिएको मोरङ कटहरी गाउँपालिका ७ का ८७ वर्षीय विश्वास चौधरी थारु ३६ वर्षपछि पक्राउ परे ।

०४२ सालमा थारु विरूद्ध थारु जिल्ला अदालत मोरङमा खुनडाँका मुद्दा परेको थियो ।

त्यतिबेला उनी ५१ वर्षका थिए । २०६१ जेठ १८ गते जिल्ला अदालतले चौधरीलाई सर्वस्वसहित जन्मकैदको सजाय तोक्यो । जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन हुँदै मुद्दा सर्वोच्चसम्म पुग्यो । २०६४ साउन १० गते सर्वोच्चले जिल्लाकै फैसलालाई सदर ग¥यो । अर्थात् चौधरीले सर्वस्वसहित जन्मकैदको सजाय बेहोर्नुपर्ने भयो ।

सर्वोच्चको अन्तिम फैसलापछि पनि चौधरी १८ वर्ष घरमै बसे । त्यतिबेला प्रहरीले उनलाई फरार सूचीमा राख्यो । ३६ वर्ष अघिको मुद्दामा बल्ल भदौ ९ गते पक्राउ परेका थिए । ८७ वर्षको गलेको शरीर लिएर चौधरी अहिले जेलमा पुगेका छन् ।

विराटनगर महानगरपालिका ३ का ८५ वर्षीय धर्मध्वज थापाको घरमा २०४२ साल भदौ १८ गते राति डकैती गर्न एउटा समूह पसेको थियो । धर्मध्वजकी श्रीमती जीवनदेवीको हत्या गर्दै धनमाल लुटेर डाँका समूह गयो । धर्मध्वजले चौधरीसहित १४ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । प्रहरीले घटनामा संलग्न १४ जनाविरुद्ध खुनडाँका मुद्दा चलायो । अदालतले सबैलाई दोषी ठहर गर्दै घटना भएको १९ वर्षपछि (२०६१ सालमा) कैद सजाय र जरिवानाको फैसला सुनायो ।

यस्तै प्रहरीले सोही मुद्दामा अदालतको फैसलापछि घटनामा संलग्न ६ जना पक्राउ गरेको थियो । हरिप्रसाद सरदार बातर, जोखन सरदार बातर, ठकुरु भनिने ठक्कुलाल सरदार बातर, रामनारायण खवास, अर्जिलाल खवास र निमालाल खवास पक्राउ परेका थिए ।

यसैगरी शुक्रबार मोरङ प्रहरीले एकैदिन विभिन्न मुद्दामा कैद सजाय र जरिवना तोकिएको ११ जना अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले एकै दिन ११ जना फरार अभियुक्तहरूलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

मोरङ जिल्ला अदालतदेखि २०७० पुस १४ गते फैसलाले सवारी ज्यान मुद्दा र २०७३ असार १२ गतेको कुटपिट लुटपाट मुद्दामा कैद तथा जरिवाना ठहर भएका प्रतिवादीहरूलाई पक्राउ गरिएको डिएसपी श्रेष्ठले जानकारी दिए ।

यसरी पक्राउ पर्ने कुटपिट र लुटपाट मुद्दाका मोरङ सुनवर्षी नगरपालिका ६ का ५३ वर्षीय रमेश भुजेल, सोही मुद्दाका २३ वर्षीय सुरज भुजेल, कुटपिट मुद्दामा ५८ वर्षीय उसमान मिया, २८ वर्षीय रमजान मिया, ४८ वर्षीय अन्जु खातुन, ४८ वर्षीय उवारन खातुन रहेका छन् ।

सोही मुद्दाका ३० वर्षीय अब्बास मिया, २७ वर्षीय फुच्चे मिया, ३१ वर्षीय कैलु मिया र ३५ वर्षीय साहजवी खातुन रहेको मोरङ प्रहरीले जनाएको छ ।

यी प्रतिनिधि घटना हुन् । पछिल्लो समय मोरङ प्रहरीले फरार अभियुक्त पक्राउ गर्दै आएको छ । प्रहरीले चालु आर्थिक वर्षको दुई महिनामा १ सय २८ जना फरार अभियुक्त पक्राउ गरेको डिएसपी श्रेष्ठले जानकारी दिए ।

साउन र भदौ महिनामा अदालतले कैद र जरिवाना तोकिएको अभियुक्तलाई प्रहरीले पक्राउ गरी अदालतमा उपस्थित गराएको उनले बताए । पक्राउ परेका प्रतिवादीबाट १ सय ५४ वर्ष १६ दिन कैद सजाय भुक्तान गरेका छन् भने ३५ लाख ८८ हजार १ सय १४ रूपैयाँ जारिवाना असुल गरिएको प्रहरीले जनाएको छ ।

फरार पक्राउ अभियान सुरू गरिएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए । ‘अदालतको फैसला कार्यन्यन गर्न हामीले अभियानको रूपमा फरार प्रतिवादी पक्राउ गर्न थालेका छौं,’ उनले भने, ‘अहिले हामीले ३६ वर्ष पुराना मुद्दाका फरार अभियुक्तलाई पनि पक्राउ गरेका छौं ।’ उनका अनुसार प्रहरी फरार अभियुक्त पक्राउ गरिन छुट्टै प्रहरी पनि परिचालन गरेको छ

ब्लाष्टखबरबाट साभार ।

Tags: #पक्राउ#फरार अपराधी#मोरङअपराधफरार
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मिक्लाजुङमा कविताको वर्षा
FEATURE BREAKING

मिक्लाजुङमा कविताको वर्षा

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २७, २०८३
0

मेरो माया मफलर भए बाँधिहिड्थेँ गलामा ! कैलेकाहीँ त मन नहुँदा टाँगिहिड्थेँ किलामा !  करिब ६५ वर्षअघि, अयामेली कवि बैरागी...

विराटनगर विमानस्थल : नयाँ टर्मिनल भवन निर्माणको भौतिक प्रगति ४७ प्रतिशत
FEATURE BREAKING

विराटनगर विमानस्थलमा ‘उडान अघि ठगी’ रोक्न प्रशासनको एक्सन, यी चार व्यवसायीलाई तिराइयो १२ लाख जरिवाना

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २६, २०८३
0

विराटनगर : विराटनगर विमानस्थल परिसरभित्र यात्रुहरूबाट अत्यधिक मूल्य असुल्ने प्रवृत्ति बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मोरङले छड्के अनुगमनमार्फत कडा कारबाही गरेको...

इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ

मोरङको लेटाङमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु, तीन जना घाइते

जेष्ठ २६, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

सुनसरी, मोरङ र झापाबाट लागूऔषधसहित तीन जना पक्राउ

जेष्ठ २६, २०८३
तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरणको तयारी 

तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरणको तयारी 

जेष्ठ २६, २०८३
भोजपुरमा ‘रुद्राक्ष पकेट क्षेत्र’का रूपमा विकास गर्ने योजना

भोजपुरमा ‘रुद्राक्ष पकेट क्षेत्र’का रूपमा विकास गर्ने योजना

जेष्ठ २६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मिक्लाजुङमा कविताको वर्षा

मिक्लाजुङमा कविताको वर्षा

जेष्ठ २७, २०८३
विराटनगर विमानस्थल : नयाँ टर्मिनल भवन निर्माणको भौतिक प्रगति ४७ प्रतिशत

विराटनगर विमानस्थलमा ‘उडान अघि ठगी’ रोक्न प्रशासनको एक्सन, यी चार व्यवसायीलाई तिराइयो १२ लाख जरिवाना

जेष्ठ २६, २०८३
इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ

मोरङको लेटाङमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु, तीन जना घाइते

जेष्ठ २६, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

सुनसरी, मोरङ र झापाबाट लागूऔषधसहित तीन जना पक्राउ

जेष्ठ २६, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1504 shares
    Share 602 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    391 shares
    Share 156 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.