Wednesday, October 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

मोरङमा ‘खुन डाँका’ मुद्दाका अभियुक्त ३६ वर्षपछि पक्राउ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज २, २०७८
in विविध, समाचार
0
मोरङमा ‘खुन डाँका’ मुद्दाका अभियुक्त ३६ वर्षपछि पक्राउ
280
SHARES
Share on FacebookShare on Twitter

मोरङ : जघन्य अपराध गरेर फरार भएका एकजना अभियुक्तलाई मोरङ प्रहरीले ३६ वर्षपछि पक्राउ ग¥यो ।

प्रहरीले ‘खुन डाँका’ मुद्दामा सर्वस्वसहित जन्मकैदको सजाय तोकिएको मोरङ कटहरी गाउँपालिका ७ का ८७ वर्षीय विश्वास चौधरी थारु ३६ वर्षपछि पक्राउ परे ।

०४२ सालमा थारु विरूद्ध थारु जिल्ला अदालत मोरङमा खुनडाँका मुद्दा परेको थियो ।

त्यतिबेला उनी ५१ वर्षका थिए । २०६१ जेठ १८ गते जिल्ला अदालतले चौधरीलाई सर्वस्वसहित जन्मकैदको सजाय तोक्यो । जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन हुँदै मुद्दा सर्वोच्चसम्म पुग्यो । २०६४ साउन १० गते सर्वोच्चले जिल्लाकै फैसलालाई सदर ग¥यो । अर्थात् चौधरीले सर्वस्वसहित जन्मकैदको सजाय बेहोर्नुपर्ने भयो ।

सर्वोच्चको अन्तिम फैसलापछि पनि चौधरी १८ वर्ष घरमै बसे । त्यतिबेला प्रहरीले उनलाई फरार सूचीमा राख्यो । ३६ वर्ष अघिको मुद्दामा बल्ल भदौ ९ गते पक्राउ परेका थिए । ८७ वर्षको गलेको शरीर लिएर चौधरी अहिले जेलमा पुगेका छन् ।

विराटनगर महानगरपालिका ३ का ८५ वर्षीय धर्मध्वज थापाको घरमा २०४२ साल भदौ १८ गते राति डकैती गर्न एउटा समूह पसेको थियो । धर्मध्वजकी श्रीमती जीवनदेवीको हत्या गर्दै धनमाल लुटेर डाँका समूह गयो । धर्मध्वजले चौधरीसहित १४ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । प्रहरीले घटनामा संलग्न १४ जनाविरुद्ध खुनडाँका मुद्दा चलायो । अदालतले सबैलाई दोषी ठहर गर्दै घटना भएको १९ वर्षपछि (२०६१ सालमा) कैद सजाय र जरिवानाको फैसला सुनायो ।

यस्तै प्रहरीले सोही मुद्दामा अदालतको फैसलापछि घटनामा संलग्न ६ जना पक्राउ गरेको थियो । हरिप्रसाद सरदार बातर, जोखन सरदार बातर, ठकुरु भनिने ठक्कुलाल सरदार बातर, रामनारायण खवास, अर्जिलाल खवास र निमालाल खवास पक्राउ परेका थिए ।

यसैगरी शुक्रबार मोरङ प्रहरीले एकैदिन विभिन्न मुद्दामा कैद सजाय र जरिवना तोकिएको ११ जना अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले एकै दिन ११ जना फरार अभियुक्तहरूलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

मोरङ जिल्ला अदालतदेखि २०७० पुस १४ गते फैसलाले सवारी ज्यान मुद्दा र २०७३ असार १२ गतेको कुटपिट लुटपाट मुद्दामा कैद तथा जरिवाना ठहर भएका प्रतिवादीहरूलाई पक्राउ गरिएको डिएसपी श्रेष्ठले जानकारी दिए ।

यसरी पक्राउ पर्ने कुटपिट र लुटपाट मुद्दाका मोरङ सुनवर्षी नगरपालिका ६ का ५३ वर्षीय रमेश भुजेल, सोही मुद्दाका २३ वर्षीय सुरज भुजेल, कुटपिट मुद्दामा ५८ वर्षीय उसमान मिया, २८ वर्षीय रमजान मिया, ४८ वर्षीय अन्जु खातुन, ४८ वर्षीय उवारन खातुन रहेका छन् ।

सोही मुद्दाका ३० वर्षीय अब्बास मिया, २७ वर्षीय फुच्चे मिया, ३१ वर्षीय कैलु मिया र ३५ वर्षीय साहजवी खातुन रहेको मोरङ प्रहरीले जनाएको छ ।

यी प्रतिनिधि घटना हुन् । पछिल्लो समय मोरङ प्रहरीले फरार अभियुक्त पक्राउ गर्दै आएको छ । प्रहरीले चालु आर्थिक वर्षको दुई महिनामा १ सय २८ जना फरार अभियुक्त पक्राउ गरेको डिएसपी श्रेष्ठले जानकारी दिए ।

साउन र भदौ महिनामा अदालतले कैद र जरिवाना तोकिएको अभियुक्तलाई प्रहरीले पक्राउ गरी अदालतमा उपस्थित गराएको उनले बताए । पक्राउ परेका प्रतिवादीबाट १ सय ५४ वर्ष १६ दिन कैद सजाय भुक्तान गरेका छन् भने ३५ लाख ८८ हजार १ सय १४ रूपैयाँ जारिवाना असुल गरिएको प्रहरीले जनाएको छ ।

फरार पक्राउ अभियान सुरू गरिएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए । ‘अदालतको फैसला कार्यन्यन गर्न हामीले अभियानको रूपमा फरार प्रतिवादी पक्राउ गर्न थालेका छौं,’ उनले भने, ‘अहिले हामीले ३६ वर्ष पुराना मुद्दाका फरार अभियुक्तलाई पनि पक्राउ गरेका छौं ।’ उनका अनुसार प्रहरी फरार अभियुक्त पक्राउ गरिन छुट्टै प्रहरी पनि परिचालन गरेको छ

ब्लाष्टखबरबाट साभार ।

Tags: #पक्राउ#फरार अपराधी#मोरङअपराधफरार
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा
समाचार

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

विराटनगर : कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईँले पदबाट राजीनामा दिएका छन्। गुरागाईँले कात्तिक १० गते प्रदेश प्रमुख परशुराम खापुङसमक्ष...

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो
खेलकुद

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

विराटनगर : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको खेलमा विराटनगर किङ्ग्स चितवन राइनोजसँग ८ रनले पराजित भएको छ। चितवनले दिएको...

सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

कार्तिक १०, २०८३

झापामा तीन लाखभन्दा बढीका पटका बरामद

कार्तिक १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कार्तिक १०, २०८३
विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

कार्तिक १०, २०८३
सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    841 shares
    Share 336 Tweet 210
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    642 shares
    Share 257 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    512 shares
    Share 205 Tweet 128
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    285 shares
    Share 114 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.