इटहरी : सुनसरी प्रहरीले करीब ६० केजी गाँजा बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सुनसरीको कोशी गाउँपालिका ७ कोशी नदी किनारस्थित झाँडीबाट बोरामा राखिएको अवस्थामा गाँजा बरामद गरेको हो ।
प्रहरीका अनुसार झाडीमा मुख बाँधिएको अवस्थामा ४ वटा प्लाष्टिक बोरा छ भन्ने जानकारीको आएपछि प्रहरी पुगेको थियो ।
अस्थायी प्रहरी चौकी हरिपुरबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्ने क्रममा बोरा चेकजाँच गर्दा गाँजा फेला परेको थियो । सुनसरी प्रहरीका अनुसार उक्त ४ वटा बोरामा करीब ६० केजी गाँजा रहेको छ ।
गाँजा कसले राखेको भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post