रामधुनी : युवा नेता सुदीप अधिकारीले नेपाली कांग्रेसको आसन्न नगर अधिवेशनमा रामधुनी नगरसभापति पदमा पुनः उम्मेददरी घोषणा गरेका छन् । वर्तमान सभापति समेत रहेका उनी पुनः सभापतिमा उठ्ने भएका हुन् ।
लामो समयदेखि आफूले नेपाली कांग्रेसको राजनीति भित्री रुपमा नियालेको र साबिकको सबै गाविसमा कम्युनिष्टको गढ भनेर चिनिएको स्थानमा आफ्नो नगर सभापतिको नेतृत्व पाएपछि नगरमा नगरप्रमुखसहित १६ जना जनप्रतिनिधि जिताउन सफल भएको उनले बताए ।
नगरमा कांग्रेसलाई जगाउन आफूले एक कार्यकाल सभापतिको जिम्मेवार कुशलतापूर्वक निर्वाह गरिसकेकाले कांग्रेसलाई थप बलियो बनाउन आफ्नो पुनः उम्मेद्दारी घोषणा गरेको अधिकारीले बताए ।
पार्टीमा सक्रिय रहने क्रममा १४ औँ महाधिवेशनमा चुनिने नेतृत्व र रामधुनी नगरको नेतृत्वले नेपाली कांग्रेसलाई जनतामाझमा अझ सशक्त सङ्गठनको रूपमा स्थापित गर्ने योजनाका साथ आफू चुनावी मैदानमा होमिएको अधिकारीले बताए ।
कांग्रेस सुनसरीका विभिन्न पालिकामा यही असोज ९ गते चुनाव गर्ने तयारी गरिएको छ ।













Discussion about this post