इटहरी : कोरोना संक्रमणका कारण इटहरीमा हालसम्म एक सय ५२ जनाको मृत्यु भएको छ । इटहरीमा हालसम्म १० हजार ३ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक सय ५२ जनाको मृत्यु भएको छ ।
सुनसरीका १२ वटा पालिकामध्ये सबैभन्दा धेरै इटहरी उपमहानगरपालिकामा संक्रमित रहेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।यस्तै, धरानमा १० हजार २ सय १ जनामा संक्रमण पुष्टि भएको छ भने २ सय १७ जनाको संक्रमणबाट मृत्यु भएको छ ।
यस्तै, सुनसरी जिल्लामा अहिलेसम्म २०.४ प्रतिशत नागरिकले कोरोनाविरूद्वको खोप लगाएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईँका अनुसार हालसम्म सुनसरीमा १ लाख ८८ हजार २ सय ७२ जनाले कोरोनाविरूद्धको खोप लगाएका छन् । यी मध्ये १ लाख ५८ हजार ८ सय ६१ जनाले कोरोनाविरूद्धको पूर्ण खोप लगाएका छन् ।
स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा असोज ११ देखि १४ गते भित्रमा ४५ वर्षदेखि माथिका नागरिकहरूलाई भेरोसेल खोपको पहिलो मात्रा लगाइने भएको छ । ४५ वर्ष देखि माथिका करिब १० देखि १२ हजार सम्मकाले खोप लगाउन छुटाएकाहरूलाई पनि यो अभियानमा खोप लगाइने कार्यालयले तयारी गरेको जनाएको छ ।
यस्तै, असोज ६ देखि ८ गते सम्म इटहरी र धरान उपमहानगरपालिकामा कोरोनाविरूद्वको एक्ट्राजेनेका खोप करिब ६ हजार जना विद्यार्थीहरूलाई लगाइने तयारी गरिएको छ । सुनसरीमा पछिल्लो समय कोरोना संक्रमणदर र मृत्युदर घटेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।














Discussion about this post