इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप २८४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये झापाको बिर्तामोडमा १४, मेचीनगरमा १२, अर्जुनधारा र कनकाईमा ११–११, दमकमा ८, बुद्धशान्तिमा ५, भद्रपुर र कमल गाउँपालिकामा ४–४, झापा गाउँपालिकामा ३, गौरादहमा २, शिवसताक्षी, गौरीगञ्ज र हल्दिबारीमा १–१ जना छन् ।
यस्तै, मोरङको विराटनगरमा ३१, केराबारीमा ५, पथरीशनिश्चरे र उर्लाबारीमा ४–४, कटहरीमा ३, कानेपोखरीमा २, सुनबर्षी, जदहा, रंगेली, बुढीगंगा र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ ।
यता, सुनसरीको इटहरीमा १४, इनरुवा, बराहक्षेत्र, धरान र बर्जुमा २–२, रामधुनी र दुहवीमा १–१, इलामको इलाम नगरपालिकामा ४, देउमाई र माईमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ३, उदयपुरको बेलका र चौदण्डीगढीमा १–१ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज २४६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट ४ पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।












Discussion about this post