इटहरी : नेपाल विद्यार्थी संघ (नेविसंघ) सुनसरीको कार्यवाहक सभापतिमा बुद्वहाङ्ग लिम्बू चयन भएका छन् ।
नेविसंघ सुनसरीका सभापति मन्दिप भट्टराईले आफ्नो विविध कारण देखाउँदै लिम्बूलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन् ।
वर्तमान बरिष्ठ उपसभापति रहेका लिम्बू इटहरी ५ निवासी हुन् ।
लिम्बूलाई नेविसंघको विधान २०२७ (सातौँ संशोधन २०७५) बमोजिम जिम्मेवारी दिइएको हो । उनी केही समययता विद्यार्थी राजनीतिमा सक्रिय छन् ।














Discussion about this post