इटहरी : सुनसरीको देवानगञ्ज गाउँपालिकामा स्याल आतंक बढेको छ । स्यालको आक्रमणबाट दर्जनौँ व्यक्ति र घरपालुवा जनावर घाइते भएका छन् ।
स्यालले खेतमा काम गरिरहेका किसान, घरमा बसेका मानिस, खेलिरहेका बालबालिका र घरपालुवा जनावरमाथि आक्रमण गर्न थालेपछि स्थानीयमा त्रास बढेको हो ।
करीब ५–६ वटा स्यालको समूहले देवानगञ्ज गाउँपालिकाका वडा नम्बर १,२,३,६ र ७ मा आतंक मच्चाएको छ । देवानगञ्ज गाउँपालिका ७ की ७० वर्षीय मजियादेवी मेहता आफ्नै पसलमा बसिरहेको बेला अचानक स्यालले आक्रमण गरेपछि घाइते भएकी छन् ।
उनको कोशी अञ्चल अस्पताल विराटनगर उपचार भइरहेको छ । उनका छोरा रामजी मेहता र सोही ठाउँका कालिचरण मेहता पनि स्यालको टोकाइबाट घाइते भएका छन् ।












Discussion about this post