मोरङ : चोरी मुद्दामा कैद तथा जरिवाना सजाय पाई फरार रहेका ३ जना प्रतिबादीहरुलाई १ नं प्रदेश प्रहरी कार्यालयबाट गएको प्रहरीको टोलीले पक्राउ गरि अदालत बुझाएको छ ।
चोरी मुद्धामा मोरङ जिल्ला अदालतबाट मिति २०६२ बैशाख २७ गतेको सजाय निर्धारण फैसला आदेशले २ वर्ष १० महिना १८ दिन कैद जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका जिल्ला सुनसरी धरान उपमहानगरपालिका १५ का ३८ वर्षीय गणेश गौतम र सोही स्थानका ४० वर्षीय गंगा तामाङलाई च्क्ष्त् समूहले खोजतलास गर्ने क्रममा गाऊघरमै लुकिछिपी बसेको अबस्थामा गत ११ गते पक्राउ गरि हिजो सम्मानित मोरङ जिल्ला अदालतमा दाखिला गरि कैद भुक्तानको लागी कारागार चलान गरेको प्रहरीले जनाएको छ ।
यसैगरी चोरी क्यान मुद्धामा सम्मानित मोरङ जिल्ला अदालतबाट मिति २०७६ कार्तिक २६ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः ३ महिना कैद तथा रु. १०,००० जरिवाना भई लगत नं. ५३९ मा कैद जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका जिल्ला मोरङ विराटनगर महानगरपालिका ७ घर भई हाल विराटनगर महानगरपालिका ६ झरना चौक का २४ वर्षीय आकाश साहलाई गत ११ पक्राउ गरि हिजै मोरङ जिल्ला अदालतमा दाखिला गराई कैद भुक्तानको लागी कारागार चलान गरेको प्रहरीले जनाएको छ ।














Discussion about this post