इनरुवा : सुनसरीको इनरुवामा सालनाल सहितको शिशु भेटिएको छ ।
यहाँको एक ब्यूटीपार्लरभित्र अन्दाजी २० वर्षीया अपरिचित युवती र शिशु भेटिएको हो ।
घटना मंगलबार बिहानको भएपनि सार्वजनिक भने भएको थिएन । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार घरभेटीले बिहान कोठा खोल्ने क्रममा रक्ताम्य अवस्था भेटेका थिए ।
घरभेटीको सूचना र घटना प्रकृति अनुसार सुनसरी प्रहरीले मुचुल्का समेत तयार पारेको छ । प्रहरी निरीक्षक मीना राई नेतृत्वको टिमले अनुसन्धान थालेको सो घटनामा सूचना संकलनको काम भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
अनुुुसन्धानमा जुटेकी निरीक्षक राईले घटनालाई नौलो प्रकृतिको भएको बताएकी छिन । उनले कसरी ती युवती त्यहाँ पुगिन्, वा कसले के कारणले पुर्याएको भन्नेबारे अनुसन्धानको दायरा फराकिलो बनाउँदै लगिएको समेत बताइन ।
प्रहरीले आमा र बच्चालाई भने युवतीको अभिभावकको जिम्मा लगाएको बताएको छ ।












Discussion about this post