उदयपुर : उदयपुरको कटारी नगरपालिका ४ का एक अटो चालकले आठ लाख रुपैँया बराबरको गरगहना फिर्ता गरेका छन् ।
अटोमा चढेका यात्रुले आठ लाख रुपैँया बराबरका गरगहना र लत्ता कपडा आफ्नो अटोमा छुटेको पाएपछि उनले उक्त सामान सम्बन्धितलाई बुझाएका हुन् ।
उदयपुरगढी गाउँपालिका ६ दनुवारबेँसीकी मेनुका राईका सामान कटारी नगरपालिका ४ सिम्लेका खड्गबहादुर तामाङको स १ ह १२३१ नम्बरको अटोमा छुटेका थिए ।
यात्रु ओसारपसारमा व्यस्त रहने ५५ वर्षीय तामाङले त्यस दिनको आफ्नो सबै काम सकेर फर्किए । उनले अटो पछाडि हेर्दा सुनको गरगहना भएको महत्त्वपूर्ण सामान र लत्ता कपडाले भरिएको झोला भेट्टाए । उनले सुरूमा कस्को हो भन्ने कुनै पहिचान गर्न सकेनन् । धेरै सोचेपछि उनले सामान धनीको पहिचान गरे ।
सामान धनीको पहिचान गरी तामाङले इलाका प्रहरी कार्यालय कटारीको रोहवरमा धनीलाई सामान बुझाएको बताए ।











Discussion about this post