उदयपुर : उदयपुरमा ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभन देखाउने एकजनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।
हेलमेटबिनै हिँडिरहेकालाई पक्राउ गर्दा चेकजाँचमा खटिएका ट्राफिक प्रहरीलाई पाँचसय रुपैयाँ घुस दिन खोजेको आरोपमा बेलका नगरपालिका ५ का प्रेमकुमार राईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला र अस्थायी ट्राफिक प्रहरी पोष्ट रामपुर बेलकाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीलाई आर्थिक प्रलोभन देखाएपछि प्रदेश १–०२–०४२ प ८४२४ नम्बरको स्कुटरसहित उनलाई पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी एवम् प्रवक्ता वेदप्रसाद गौतमले जानकारी दिए ।
स्कुटरमा तीनजना सवार साथै हेलमेटसमेन नलगाई हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।











Discussion about this post