इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङ, सुनसरी, झापा र इलामका १–१ जना रहेका छन् । यस्तै, १३० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ५९ महिला र ७१ पुरुष रहेका छन् ।
सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश १ मा आज २ जनामा कोरोना संक्रमण देखिएको छ ।
२६ जनाको पीसीआर परीक्षण गर्दा झापाको मेचीनगर र मोरङको केराबारीमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।














Discussion about this post