इटहरी : अचानक आएको पानीसँगै हावाहुरीले प्याराग्लाइडिङ कोसीमा खस्दा धरान १ का वडाध्यक्ष घाइते भएका छन् ।
धरान उपमहानगगरपालिका ४ छोटी मोरङबाट उडेको प्याराग्लाडिङ सप्तकोसी नदी किनारामा खस्दा धरान १ का ४८ वर्षीय वडाध्यक्ष रोशन अधिकारी घाइते भएका हुन् ।
प्याराग्लाइडिङ उडाउँदै धरान–१४ स्थित विजयपुरको मैदानमा अवतरण हुनुपर्नेमा आइतबार दिउँसो अचानक आएको पानीसँगै हावाहुरीले धकेलेर करिब २५ किलोमिटर पश्चिममा पर्ने उदयपुरको बेलका नगरपालिका क्षेत्रको लाहुरे खोच नजिकै कोसी नदीको किनारमा दुर्घटनाग्रस्त भएको थियो ।
उनको स्काई एडभेञ्चर प्याराग्लाइडिङ प्रालिले छोटीमोरङबाट व्यावसायिक रुपमा प्याराग्लाइडिङ उडान गर्दै आएको छ ।
घाइते वडाध्यक्षलाई बेलकाबाट उद्धार गरेर प्रहरीले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरेको छ ।














Discussion about this post