इटहरी : प्रदेश १ की सांसद नवोदिता चौधरीले आफ्नो चरित्र हत्या गर्न खोजेको बताएकी छन् ।
प्रदेश १ मा यी सांसद हुन् ‘फ्लोर क्रस’ गर्न चाहने भन्ने विषयमा एक अनलाइनमा समाचार प्रकाशित भएपछि सांसद चौधरीले आफ्नो चरित्र हत्या गर्न खोजेको बताउँदै आपत्ति जनाएकी हुन् ।
‘सिधासाधा मानिसको अपराधीहरूले चरित्र हत्या गर्न खोजे,’ उनले भनिन्, ‘यो ग्राइन्ड डिजाइन नै तयार गरेर राजनीतिक चरित्र हत्या गर्न खोजिएको हो, सबैले आफ्नो स्वार्थका लागि हाम्रो नामको अफवाह फैलाए ।’ प्रदेश सांसद ज्योति सुब्बा र चौधरीको नाम मुछेर ‘फ्लोर क्रस’ गर्न खोज्ने सांसद रहेको समाचार बाहिरिएपछि चौधरीले आक्रोश पोखिन् ।
‘एकपटक कसैले सोधेको पनि छैन, सुनसरीकै दुईजना महिलाको चरित्र हत्या गर्न खोजियो,’ आक्रोशमिश्रित भावमा उनले भनिन्, ‘प्रदेश १ मा कांग्रेसममा बिक्ने खालको कोही पनि छैन, हामीले पार्टीको निर्देशनभन्दा बिपरीत ट्य्राक चेन्ज गरेका छैनौँ ।’
उनले आफूबारे आएको समाचार सबै झूठो भएको औल्याउँदै भनिन्, ‘भ्रामक समाचार आउँदा मन रोइरहेको छ, एउटा पनि सत्य छैन ।’
आइतबार (आज) प्रदेश १ मा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने भनिएपनि कांग्रेसले रोक्न माग गरेको थियो । आज नै कांग्रेसका केही सांसदहरूले ‘फ्लोर क्रस’ गर्ने चर्चा भएको थियो ।
Discussion about this post