उदयपुर : उदयपुरको कटारी नगरपालिका ६ स्थित भोर्ले जंगलबाट ५३ किलो गाँजासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कटारी नगरपालिका ९ सोरुम छबिसेका २० वर्षीय प्रेम परियार रहेका छन् ।
सोमबार (आज) बिहान साढे ३ बजे इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले उनलाई जंगलमा बोरामा गाँजा बोकी हिँडिरहेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post