इटहरी : सुनसरी रामधुनी नगरपालिका ६ बक्लौरी भित्री सडक खण्डमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही स्थानकी ७० वर्षीया नेहरी सदा रहेकी छन् । हिजो दिउसो प्रदेश नं १–०२–००३ त ०६३० नम्बरको ट्याकटरले सामान अनलोड गरी ब्याक गर्ने क्रममा पछाडीको डालाले लागी गम्भिर घाईते भएकी सदाको ईटहरी एपेक्स अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागी धरानको घोपा पुर्याउन साथ मृत्यु भएको हो ।
ट्याक्टर र चालक सोही स्थानका ३२ वर्षीय आशिष बि क इलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा रहेको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post