इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप १०७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये झापाको बिर्तामोडमा ८, दमकमा ७, बुद्धशान्ति र कनकाईमा ४–४, भद्रपुर, बाह्रदशी र गौरादहमा ३–३, शिवसताक्षी, अर्जुनधारा, कमल र झापा गाउँपालिकामा १–१ जना छन् ।
यस्तै, मोरङको विराटनगरमा २५, उर्लाबारीमा २, बुढीगंगा, रंगेली, रतुवामाई र कटहरीमा १–१, सुनसरीको इटहरीमा ७, धरानमा २ र इनरुवामा १, उदयपुरको चौदण्डीगढी, उदयपुरगढी र बेलकामा १–१ जनामा संक्रमण देखिएको छ ।
यस्तै, इलामको इलाम नगरपालिका र चुलाचुली १–१ र सङ्खुवासभाको खाँदबारीमा १ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज ६६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने सङ्क्रमणबाट २ महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।














Discussion about this post