इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा १६५ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
छ ।
मन्त्रालयका अनुसार मोरङमा ६६, झापामा ३३, सुनसरीमा २७, उदयपुरमा ३, धनकुटामा २, संखुवासभा, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको हो ।
मोरङको विराटनगरमा ४२, बुढीगंगामा ९, सुन्दरहरैचामा ४, कानेपोखरी, बेलबारी र रतुवामाईमा २–२, पथरीशनिश्चरे, केराबारी, रंगेली, उर्लाबारी र ग्रामथानमा १–१, झापाको विर्तामोडमा १४, दमकमा ५, भद्रपुरमा ४, गौरादह, अर्जुनधारा र मेचीनगरमा २–२, कन्काई, बुद्धशान्ति, बाहृदशी र कमल गाउँपालिकामा १–१, सुनसरीको इटहरीमा १०, इनरुवामा ५, दुहवी र धरानमा ४–४, रामधुनी, बराहक्षेत्र, गढी र भोक्राहानरसिंहमा १–१, उदयपुरको बेलकामा ३, धनकुटाको धनकुटा र चौबीसेमा १–१, संखुवासभाको चैनपुर, भोजपुरको भोजपुर नगरपालिका र खोटाङको खोटेहाङमा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज ३६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट ३ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।














Discussion about this post