इटहरी : प्रदेश १ मा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङमा ३२, झापामा २७, सुनसरीमा १६, इलाममा ६, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।
मोरङको विराटनगरमा २४, सुन्दरहरैचामा २, मिक्लाजुङ, कानेपोखरी, ग्रामथान, सुनबर्षी, पथरीशनिश्चरे र रंगेलीमा १–१, झापाको भद्रपुरमा ५, मेचीनगर, कनकाई र विर्तामोडमा ४–४, दमक र अर्जुनधारामा ३–३, हल्दिबारी, बाहृदशी, गौरादह र कमल गाउँपालिकामा १–१, सुनसरीको इटहरीमा ११, धरानमा ४ र इनरुवामा १, इलामको इलाम नगरपालिका, चुलाचुली र देउमाईमा २–२, उदयपुरको त्रियुगा र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज १८० जना कोरोना संक्रमणमुक्त भएका छन् भने, कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको ।














Discussion about this post