इटहरी : प्रदेश १ मा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङमा ११, झापा र सुनसरीमा १०–१०, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।
मोरङको विराटनगरमा १०, रंगेलीमा १, झापाको भद्रपुरमा ४, मेचीनगर र स्थानीय तह नखुलेका २–२, विर्तामोड र बुद्धशान्तिमा १–१, सुनसरीको इटहरीमा ४, धरानमा ३, बर्जुमा २ र बराहक्षेत्रमा १, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज १०१ जना कोरोना संक्रमणमुक्त भएका छन् भने, कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।











Discussion about this post