धरान : धरान गल्फ क्लबको १४ औं साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ ।
शनिबार धरान गल्फ क्लबको सभाहलमा नेपाल गल्फ एशोसिएसनका केन्द्रिय उपाध्यक्ष एवं मेयर तिलक राईको प्रमुख आतिथ्यतामा धरान गल्फ क्लबको १४ औं साधारणसभा तथा अधिवेशन सम्पन्न भएको हो ।
साधारसभामा धरान गल्फ क्लबका कोषाध्यक्ष राजु राईले १२ औं अधिवेसन यताको आर्थिक आय व्यय प्रस्तुत गरेका थिए । मेयर राईले प्रदेश नं. १ को एकमात्र गल्फ कोर्ष धरानमा रहेको बताउँदै यसको संरक्षण गर्न एकजुट भएर लाग्नुपर्ने बताएका छन् ।
यस्तै, धरान गल्फ क्लबको १४ औं साधारणसभा तथा अधिवेशनबाट विरेन्द्र विक्रम लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन भएको छ । क्लबको उपाध्यक्षमा जितेन्द्र राई, सचिवमा भरत तामाङ, सहसचिवमा सएस प्याकुरेल र कोषाध्यक्षमा शुशीला राई निर्वाचित भएका छन् ।
यस्तै, सदस्यहरुमा जंगमोहन राई, बम प्रसाद लिम्बु, शुभध्वज लिम्बु, तुलशीराम आङ्देम्बे, झुना राई र शुक्र बहादुर राई मनोनित भएका छन् । मेयर तिलक राईको अध्यक्षतामा ५ सदस्यीय निर्वाचन मण्डल बनेको थियो ।
निर्वाचन मण्डलमा सदस्यहरु धरान गल्फ क्लबका निर्वतमान अध्यक्ष टिका लिम्बु, सल्लाहकार एसपी भीम दाहाल, लेखिराज सुब्बा र विष्णु कुमार राई रहेका थिए ।













Discussion about this post