इटहरी : प्रदेश १ मा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आधारमा झापामा २०, मोरङमा १३, सुनसरीमा १२ र संखुवासभामा १ जनामा संक्रमण देखिएको हो ।
झापाको गौरादहमा ४, अर्जुनधारा, कन्काई, भद्रपुर र विर्तामोडमा ३–३, दमक र मेचीनगरमा २–२, मोरङको विराटनगरमा ७, सुन्दरहरैँचामा २, बुढीगंगा, ग्रामथान, लेटाङ र उर्लाबारीमा १–१, सुनसरीको इटहरीमा ८, रामधुनी र इनरुवामा २–२ र संखुवासभाको खाँदबारीमा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज ८५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।














Discussion about this post