इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार झापामा ३२, मोरङमा २९, सुनसरीमा ११, इलाममा २, पाँचथर, धनकुटा, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।
झापाको अर्जुनधारामा ९, बिर्तामोडमा ७, कनकाईमा ६, दमकमा ४, बुद्धशान्तिमा ३, मेचीनगर, भद्रपुर, शिवसताक्षीमा १–१, मोरङको विराटनगरमा २३, उर्लाबारीमा ४, सुन्दरहरैचा र बेलबारीमा १–१, सुनसरीको इटहरीमा ७, धरानमा २, बराहक्षेत्र र इनरुवामा १–१, इलामको रोङमा २, पाँचथरको फिदिम, धनकुटाको धनकुटा नगरपालिका, उदयपुरको उदयपुरगढी र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज ५३ जना कोरोना संक्रमणमुक्त भएका छन्, भने कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।











Discussion about this post