इटहरी : इटहरीमा १३ सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ८० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये झापाको अर्जुनधारा, बिर्तामोड र दमकमा ६–६, बुद्धशान्ति, कनकाई, गौरीगञ्ज र भद्रपुरमा २–२, मेचीनगर, हल्दिबारी र बाहृदशीमा १–१ जनामा संक्रमणको पुष्टि भएको छ ।
यस्तै, मोरङको विराटनगरमा १२, सुन्दरहरैचामा ६, केराबारीमा २, कटहरी, ग्रामथान र सुनबर्षीमा १–१, यता, सुनसरीको इटहरीमा १३, धरानमा ६, सङ्खुवासभाको चैनपुर, इलामको इलाम नगरपालिका, तेह्रथुमको म्याङ्लुङ र ओखलढुङ्गाको सिद्धिचरणमा १–१ र प्रदेश १ बाहिरका २ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार प्रदेश १ मा आज ६८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्














Discussion about this post