इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ५४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये झापाको दमकमा ६, बिर्तामोडमा ५, भद्रपुर, कनकाई, शिवसताक्षी र बुद्धशान्तिमा २–२, गौरादह, अर्जुनधारा, बाहृदशी र कमल र झापा गाउँपालिकामा १–१ जना छन् ।
यस्तै, मोरङको विराटनगरमा १२, उर्लाबारीमा २, बूढीगंगा र सुन्दरहरैँचामा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यता, सुनसरीको इटहरीमा ५, इनरुवामा ३, रामधुनी र धरानमा १–१, इलामको चुलाचुलीमा १ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज ६७ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट एक महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।














Discussion about this post